विराटनगरका आशीष काफ्लेले युरोप लाने भन्दै बराहक्षेत्रवासीलाई ठगे

Newslaya Home

विराटनगरका आशीष काफ्लेले युरोप लाने भन्दै बराहक्षेत्रवासीलाई ठगे

शुक्रबार २७, भदौ २०७६

विराटनगर । विराटनगरका आशिस काफ्ले १२ जनासँग ७० लाख रुपैयाँ उठाएर फरार भएका छन् । बैदेशिक रोजगारीका लागि युरोप लान्छु भन्दै उनले ठगी गरेका हुन् ।

सुनसरीको बराह क्षेत्र नगरपालिका ६ बाट उनले १२ जनासँग ७० लाख रुपैयाँ ठगी गरेका हुन् । ठगीको योजना बनाउने र पैसा उठाउने ३३ वर्षीय आशीष काफ्ले अहिले ग्रिसमा मस्ती गरिरहेका छन् ।

ग्रिसमै बसेर उनले युरोपका देशहरु पठाइदिने सपना देखाउँदै आएका थिए । उनले टेलिफोन र सामाजिक सञ्जालमार्फत विभिन्न मानिसहरुलाई सम्पर्क स्थापित गरेर पोर्चुगल, जर्मन, सिंगापुर, साइप्रस, ग्रिस, लगायतका देशमा रोजगारी दिलाईदिने भन्दै पैसा उठाएका थिए ।

आयरल्याण्ड पठाईदिने भन्दै आशीषले आफूसँग १० लाख नगद लिएको सुनसरीकी सिम्रन घिमिरेले बताइन् । दुई महिनासम्म दिल्लीमा लगेर राखेपनि विदेश पठाउन सकेनन् । उल्टो होटलको खर्च मात्र सिम्रनले १ लाख ६० हजार बुझाइन् ।

काफ्लेले धिरज भण्डारी, रमेश कोइराला, उमेश पौडेल सञ्जय कुमार राउत लगायत १२ जना युवाहरुसँग ७० लाख बढी रुपैयाँ ठगेका छन् । उनले पैसा उठाउनको लागि भने आफ्ना परिवारका सदस्यहरुलाई प्रयोग गर्ने गरेका छन् । आशीषले पीडितहरुबाटै उठाएको पैसाले सुनसरी चक्रघट्टी बसपार्क अघि ५ तले घरसमेत बनाएका छन् ।