जोगवनी–किमाथांका सडकअन्तर्गत १४ किलोमिटर कडा चट्टान फोर्ने जिम्मा सेनालाई

Newslaya Home

जोगवनी–किमाथांका सडकअन्तर्गत १४ किलोमिटर कडा चट्टान फोर्ने जिम्मा सेनालाई

बिहीबार २६, भदौ २०७६

काठमाडौं । कडा चट्टानका कारण ट्रयाक खोल्न नसकिएको जोगवनी–किमाथांका सडकको १४ किलोमिटर खण्ड निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।

चीन–भारत जोड्ने यो सडक २०७५ सालमै पुरा गर्ने लक्ष्य राखिएपनि १४ किमि चट्टानी खण्डका कारण सम्भव भएको थिएन । ३ सय ४० किलोमिटर लामो जोगवनी–किमाथांका सडकले भारतको जोगबनीदेखि चीनको किमाथांका जोड्छ ।

यो सडकखण्ड अन्तरगत खाँदबारीबाट उत्तर चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा ठूला चट्टान र पहाडका कारण निर्माण रोकिएको थियो । ती स्थानमा विस्फोट नै गर्नुपर्ने भएकाले त्यसको जिम्मा सेनालाई दिने निर्णय सरकारले गरेको हो ।