विराटनगरमा डेंगुबाट अविनाश शर्माको मृत्यु

Newslaya Home

विराटनगरमा डेंगुबाट अविनाश शर्माको मृत्यु

बिहीबार २६, भदौ २०७६

विराटनगर । विराटनगरमा डेंगुको कारण एक युवाको ज्यान गएको छ । ६ दिनअघि संक्रमण पुष्टि भएका ती किशोरको उपचारका क्रममा मृत्यु भएको हो ।

विराटनगर ९ का १८ वर्षीय अविनाश शर्माको मृत्यु भएको हो । अविनाश शिक्षादीप कलेजमा अध्ययनरत थिए ।

भदौ २० गते सामान्य ज्वरो आएको उनमा डेंगुको संक्रमण रहेको पुष्टि भएको थियो ।