‘जागरणको मुल मन्त्र उत्पादन र रोजगारी होस्’ : विनोद चौधरी

Newslaya Home

‘जागरणको मुल मन्त्र उत्पादन र रोजगारी होस्’ : विनोद चौधरी

- विनोद चौधरी
बिहीबार २६, भदौ २०७६

मेरो उद्योग र व्यापारको सुरुवात सुनसरीबाटै भएको हो । दुहबीको पशुपती बिस्कुट उद्योगबाट मैले सुरुवात गरेको थिएँ । यही इनरुवाको बोर्डरमा पनि हामीले नयाँ कारखानाको प्रारम्भ गरेका छौं । मेरो मान्यता रह्यो कि विकास, रोजगारी र लगानीलाई जबसम्म पार्टीले आफ्नो मूल एजेन्डा बनाउन सक्दैन तबसम्म यो आर्थिक जागरणको अभियान अगाडि बढ्न सक्दैन ।

म आग्रह गर्न चाहन्छु सम्पूर्ण पार्टीका नेता गणहरुलाई सभापतिको उपस्थितिमा अब हामीले राज्यका सातै प्रदेशमा आर्थिक जागरण अभियानको थालनी गर्नुपर्ने समय आएको छ । यो जागरण अभियानको मूल मन्त्र रोजगारी होस्, उत्पादन होस्, थन्किएुर बसेका पुराना संरचनाहरु सकेसम्म छिटो निर्माण गर्नसक्ने स्थिति बनोस् ।

मूलुकले कृषिजन्य उत्पादन आयात गर्छ । काठमाडौंसम्म तरकारी खुवाउने काम गर्छ । यो क्षेत्रले कृषि क्षेत्रमा मात्र पनि नयाँ उचाइमा एउटा नयाँ आधारशीला गठन गर्न सकेमा यसले मूलुककै आर्थिक विकासमा ठुलो योगदान पुर्याउन सक्छ । तर यो कार्य कठिन छ ।

त्यसैको लागि सरकारले सरकारको विभिन्न निकायले जहिले पनि कृषि क्षेत्रको कुरा गर्छौं किसानको कुरा गर्छौं तर छिमेकी राष्ट्रको कृषि उत्पादकसँग हामीले प्रतिस्पर्धा गर्छ कति गाह्रो छ भनेर कहिल्यै सोचेनौं । हाम्रो उत्पादनको मूल्य ती ठूला राष्ट्रको मूल्य भन्दा २०/३० प्रतिशत महंगो पर्दछ भनेर मनमा राखेर कहिले काम गरेनन् ।

त्यसको बाबजुत पनि यो क्षेत्रले अझै पनि कृषि क्षेत्रमा एउटा उदाहरणलाई कायम गरेको छ । अबको नयाँ अभियान भनेको औद्योगिक क्षेत्रको निर्माणको अभियान हो । त्यसको एउटा सानो थालनी हामीले गरेका छौं । नेपाली कांग्रेसले जसरी ४८ सालमा ल्याएका नीतिहरुले एउटा नयाँ प्रकारको आर्थिक विकासको नयाँ अध्यायको थालनि गर्यो ।

त्यो बेलामा राष्ट्रले जुन तहको विकास दर, जुन तहको निर्यात, जुन तहको भारतसँगको सहकार्यमा विभिन्न किसिमको मल्टिनेशनलहरु समेत आउने काम भयो । राजस्व दुई गुणा भयो, निर्यात दोब्बर भयो त्यो बेला खोलिएका र रगरिएका प्रयोगको आधारमा देशमा भएका एउटा गरिएका विभिन्न प्रयोगहरुको आधारमा देशभरि भएको एउटा विश्व विद्यालय १० ओटामा परिणत भयो ।

एउटा मेडिकल कलेज एउटा इन्जिनियर कलेज अहिले २५ औं कलेजमा परिणत भयो त्यो प्रकारको एउटा नयाँ आर्थिक अध्यायको स्ुरुवात यो जागरणको माध्यमबाट नेपाली कांग्रसले गर्ने छ भन्ने मैले विश्वास लिएको छु । त्यसको उद्घोष यसै मन्चबाट होस् भन्ने आग्रह गर्दछु ।

(नेपाली अर्बपति तथा नेपाली काँग्रेसका नेता विनोद चौधरीले सुनसरीको इनरुवामा आयोजित पार्टीको जागरण कार्यक्रममा दिएको भाषण)