सिरहा अदालतमा कार्यरत एक न्यायाधीशका ड्राइभर १ लाख घुससहित पक्राउ

Newslaya Home

सिरहा अदालतमा कार्यरत एक न्यायाधीशका ड्राइभर १ लाख घुससहित पक्राउ

बिहीबार २६, भदौ २०७६

सिरहा । जिल्ला अदालत सिरहामा कार्यरत एक न्यायाधीशका सवारी चालक १ लाख १० हजार रुपैयाँ घुससहित पक्राउ परेक छन् । सवारी चालक वृजमोहन यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार घुस रकमसहित पक्राउ गरेको हो ।

पक्राउ परेका यादव इजलास ३ का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक हुन् । आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारको बर्दिबास प्रवक्ता हरिप्रसाद प्रसाद घिमिरेले जनाए ।

उनका अनुसार यादवले अदालतमा विचाराधीन रहेको मुद्दा मिलाइदिने भन्दै पीडितसँग रकम माग गरेको थिए ।