३८ वर्षमा २० औँ पटक आमा बन्दै एक महिला

Newslaya Home

३८ वर्षमा २० औँ पटक आमा बन्दै एक महिला

बिहीबार २६, भदौ २०७६

काठमाडौं । एक जना महिला कतिपटक आमा बन्न सक्लिन् ? त्यो अहिले सम्म कसैले आंकलन गर्न सकेका छैनन् । अहिले त महिलाहरुले दुई जना भन्दा धेरै सन्तान जन्माउन चाहदैनन् ।

तर, भारतमा एक महिलाले ३८ वर्षको उमेरमा २० औँ बच्चा जन्माउँदै छिन् । महाराष्ट्रको बिड जिल्लास्थित केसापुर गाउँमा बस्ने लंकाबाई नामकी ती महिला २० औँ पटक आमा बन्न लागेकी हुन् । अहिले ती महिलाको पेटमा ७ महिनाको गर्भ रहेको छ ।

उनले यसअघि १९ पटक बच्चा जन्माइसकेकी भएपनि अहिले केवल ११ वटा छोराछोरी मात्रै जिवित छन् ।

सरकारी अस्पतालमा गराइएको स्वास्थ्य परीक्षणका क्रममा लंकाबाई र उनको पेटमा रहेको गर्भ स्वस्थ रहेको पाइएको छ ।

अनौठो त के भने उनी यसअघि १९ पटक गर्भवती हुँदा कहिल्यैपनि अस्पताल आएकी थिइनन् र घरमै बच्चा पाएकी थिइन् । उनले २० औँ गर्भमा पहिलोपटक अस्पताल टेकेकी हुन् । उनलाई यो पटक अस्पतालमै भर्ना गरेर सुत्केरी गराउने तयारी छ ।

निकै गरीब परिवारकी लंकाबाईको परिवारका सदस्यहरु भिख माग्ने तथा मजदूर गर्ने काम गर्दछन् । उनीहरु एक ठाउँमा नबसी फिरन्ते जीवन बिताइरहेका छन् ।