इटहरीस्थित खनारमा करेन्ट लागेर एक जनाको मृत्यु

Newslaya Home

इटहरीस्थित खनारमा करेन्ट लागेर एक जनाको मृत्यु

बिहीबार २६, भदौ २०७६

इटहरी । इटहरीमा करेन्टमा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उप–महानगरपालिका १३ खनारका फागुलाल सरदार रहेका छन् ।

बुधबार राती साँढे ७ बजे आफ्नै घरमा लाईन जोड्ने क्रममा उनी घाइते भएका थिए । घाईते भएका सरदारलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।