पृथ्वीको तापक्रमसँग मिल्ने पानी भएको नयाँ ग्रह भेटियो

Newslaya Home

पृथ्वीको तापक्रमसँग मिल्ने पानी भएको नयाँ ग्रह भेटियो

बिहीबार २६, भदौ २०७६

लण्डन । खगोलविद्हरुले पहिलो पटक अहिलेको सौर्यमण्डल भन्दा बाहिरको एक ग्रहमा पानी भएको पत्ता लगाएका छन् । उनीहरुको अध्ययनले त्यहाँको तापक्रम पनि जिउनका लागि उपयुक्त रहेको पाइएको छ ।

सो ग्रहको नाम ‘के२—१८बी’ राखिएको छ । यसको क्षेत्रफल पृथ्वीको भन्दा ८ गुणा बढी भएको र यसलाई ‘सुपर अर्थ’को नाम दिइएको जनाइएको छ ।

अध्ययनका अनुसार यो ग्रह पृथ्वीबाट ११० प्रकाश वर्ष टाढा रहेको छ । यो ग्रह सन् २०१५मा नासाको केप्लर स्पेसक्राफ्टले पत्ता लगाएको भए पनि पानी र तापक्रमको अवस्थाका बारेमा भने हालै मात्र पत्ता लागेको हो ।

त्यहाँ पानी पनि भएको र तापक्रम पनि उपयुक्त भएकाले जीवन सम्भव हुने खगोलविद्हरुले बताएका छन् ।