आमाकै संलग्नतामा बाबुले गरे २१ वर्षसम्म छोरीमाथि बलात्कार

Newslaya Home

आमाकै संलग्नतामा बाबुले गरे २१ वर्षसम्म छोरीमाथि बलात्कार

बिहीबार २६, भदौ २०७६

काठमाडौं । विश्वभर यौन हिंसाको घटना एउटा ठूलो समस्या बन्दै गहिरहेको छ । सार्वजनिक ठाउँमा होस् या घरभित्र यौन हिंसाको सिकार महिला बन्दै आइरहेका छन् । हालै मात्र बेलायतमा २८ वर्षिय रचेल नाम गरेकी महिलाले आफू आफ्नै सौताने पिताबाट पटक पटक बलात्कृत हुँदै आइरहेको बताएकी छिन् ।

उनले आफ्नो पहिचान सार्वजनिक गर्दै तिन पटकसम्म एबोर्शन गरेको पनि बताइन् । उनी ७ वर्षको भएदेखि उनका सौताने पिता एनोकी एन्ड्रले आफूलाई यौन हिंसा गर्ने गरेको बताएकी छन् । ४४ वर्षीय एन्ड्रलाई हालै अदालतले २० वर्षको जेल सजाय सुनाएको छ ।

रचेलमाथि भएको यौन हिंसामा उनकी आमा पनि संग्लन भएको बताइएको छ । त्यसैले आमालाई समेत अदालतले महिला हिंसामा सघाउ पुर्‍याएको आरोपमा ५ वर्षको जेल सजाय सुनाएको छ । अदालतले जेल सजाय सुनाएपछि रचेलले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘दुबै जना जेलभित्र छन् । मैले अब सुरक्षीत महसूस गरिरहेको छु ।’

रचेल ४ वर्षको छदाँ उनका पिता आमासँग अलग भएका थिए । सन् २००० मा आमाले एन्ड्रसँग डेट शुरू गरेकी थिइन् । सुरूवाती दिनमा सौताने पिताले आफूलाई माया गरेको र आमासँग विवाह हुनुभन्दा एक हप्ता अघि देखि आफूलाई बलात्कार गर्न सुरू गरेको उनले बताएकी छन् ।