विप्लव माओवादीका क्षेत्रीय इन्चार्ज पक्राउ

Newslaya Home

विप्लव माओवादीका क्षेत्रीय इन्चार्ज पक्राउ

बिहीबार २६, भदौ २०७६

काठमाडौं । प्रहरीले विप्लव माओवादीका क्षेत्रीय इन्चार्जलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव नेकपाका ४ नम्बर क्षेत्रीय कमान्डर ४५ वर्षीय पुरणबहादुर ओली रहेका छन् ।

वलीलाई इलाका प्रहरी कार्यालय मोतीपुरले बासगढी नगरपालिका—५ ब्यारेल टोलबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरी उपरीक्षक राजेश नाथ बाँस्तोलाले वलीलाई पक्राउ गरेको पुष्टि गरेका छन् ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका वली विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्दाका फरार अभियुक्त हुन् । पक्राउ परेका वलीलाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।