घट्यो सुनचाँदीको मूल्य

Newslaya Home

घट्यो सुनचाँदीको मूल्य

बिहीबार २६, भदौ २०७६

काठमाडौं । बिहीबार सुनचाँदीको मूलय घटेको छ । सुन बिहीबार तोलामा २ सय रुपैयाँले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य स्थिर रहँदै तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी तोलामा ५ रुपैयाँले घटेर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।