गुडिरहेको बसलाई रोकेर अज्ञात समुहद्वारा आगजनी

Newslaya Home

गुडिरहेको बसलाई रोकेर अज्ञात समुहद्वारा आगजनी

बिहीबार २६, भदौ २०७६

नवलपरासी । नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा अज्ञात समुुहले आगजनी गरेको छ । पुर्व पश्चिम महेन्द्र राजमार्गस्थित बर्दघाट ४ खुर्सानी खोलामा रोकेर बसमा आगजनी गरिएको थियो ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ जादै गरेको ना. ६ ख. ८४५३ नम्वरको यात्रुबाहक बसमा अज्ञात समुहले बिहिवार बिहान ५ बजे भन्ने स्थानमा आगजनी गरेको हो । बसमा सवार यात्रुहरु सुरक्षित रहेका छन् ।

आगजनी कसले किन गर्यो भन्ने खुल्न नसकेको र घटनामा संलग्नहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।