भारतसँगको सीमा बन्द गर्न नेकपा सांसद भुसालको आग्रह

Newslaya Home

भारतसँगको सीमा बन्द गर्न नेकपा सांसद भुसालको आग्रह

बिहीबार २६, भदौ २०७६

काठमाडौं । नेकपाकी सांसद पम्फा भुसालले भारतसँगको खुला सीमा बन्द गर्न आग्रह गरेकी छिन् । वैवाहिक अंगिकृतलाई कति वर्षमा नागरिकता दिने भन्ने छलफल गरिरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा भुसालले यस्तो भनाई राखेकी हुन् ।

सांसद भुसालले अहिले नै भिसाको व्यवस्था गर्ने अवस्था नभएको भन्दै सीमा बन्द गरी परिचय पत्रका आधारमा मात्र आवागमन गर्नुपर्ने बताइन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई पनि राख्नुपर्ने प्रस्ताव गरेकी छन् ।

नेपालीसँग विहे गरेर आउने विदेशी महिलालाई कति समयपछि अंगिकृत नागरिकता दिने भन्नेमा समिति टुंगोमा पुग्न सकेको छैन। सत्तासीन नेकपाका अधिकांश सांसद विहे गरेर आएको सात वर्षपछि मात्र अंगिकृत नागरिकता दिनुपर्ने पक्षमा छन्।

तर नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँणेलले भने पर्खाल लगाउन नहुने बताए । उनले यसो गर्दा भारतसँगको सम्बन्ध बिग्रने तर्क गरे ।