गृहमन्त्रीका भाई फिरौती मागेको आरोपमा समातिए

Newslaya Home

गृहमन्त्रीका भाई फिरौती मागेको आरोपमा समातिए

बिहीबार २६, भदौ २०७६

काठमाडौँ । फिरौती मागेको आरोपमा काठमाडौबाट नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् ।

२०७४ सालमा हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेतसँग थापाको कनेक्सन भेटिएको थियो ।

पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन गराएका थिए । उनले जेल भित्रैबाट पवन खड्का र सुरेन नगरकोटीलाई फिरौतीको लागि परिचालन गराएको भेटिएपछि प्रहरीले समातेको थियो ।

उनीहरुको कल डिटेल हेर्दा मिलेर काम गर्नुपर्छ भन्ने आशयका एसएमएस आदान प्रदान भएको थियो । भारतीय सेनाबाट अवकाश प्राप्त नरेशको संलग्नता कुन तहसम्मको हो, सार्वजनिक भएको छैन ।