यौन सम्पर्क गर्दा गर्दै मरेका कर्मचारीको परिवारलाई कम्पनिले नै क्षतीपूर्ती दिनुपर्ने फैसला

Newslaya Home

यौन सम्पर्क गर्दा गर्दै मरेका कर्मचारीको परिवारलाई कम्पनिले नै क्षतीपूर्ती दिनुपर्ने फैसला

बिहीबार २६, भदौ २०७६

काठमाडौँ । व्यवसायिक भ्रमणमा गएका कर्मचारीको मृत्यु होटलमा यौन सम्पर्क गर्दागर्दै भएपछि अदालतले उनी कार्यरत कम्पनिलाई क्षतिपूर्ति तिराएको छ ।

पेरिसस्थित अदालतले ती व्यक्तीको मृत्यु व्यवसायिक काममा जाँदा भएकाले कम्पनीले दायित्व वहन गर्नुपर्ने फैसला गरेको हो । कम्पनिले ती कर्मचारीलाई यौन सम्पर्कका लागि नभई व्यसायिक कामका लागि पठाएको हुनाले क्षतिपूर्ति तिर्नुनपर्ने कम्पनीको दाबी थियो ।

तर, अदालतले भने कुनै पनि कर्मचारी व्यवसायिक प्रयोजनका लागि बाहिर जाँदा कम्पनिले नै जिम्मेवारी लिनुपर्ने फैसला गरिदिएको छ ।

जेभियर एक्स नामक गरेका ती व्यक्ति पेरिसस्थित टीएसओ नामक एक रेलवे सर्भिस कम्पनीमा इन्जिनियर थिए । मध्य फ्रान्सको एक सहरमा कम्पनीको कामले गएका बेला होटलमा युवतीसँगको समागमका क्रममा हृदयघातका कारण मृत्यु भएको थियो ।

बिमा कम्पनीले ती इन्जिनियरको मृत्युमा बीमा रकम तिर्न अस्वीकार गरेको थियो । कामको शिलशिलामा भएकाले कम्पनीले नै क्षतिपूर्ति तिर्न पर्ने भन्दै अदालत गएपछि अदालतले बीमा कम्पनिका पक्षमा र उनी कार्यरत कम्पनिको विपक्षमा फैसला गरिदिएको हो ।

यौन मानिसका लागि ‘नुहाउने र खाना खाने जस्तै सामान्य’ भएकाले यसमा रोजगारदाता अन्यथा भनेर फुत्किन नपाउने विमा कम्पनीको दलिल थियो जसलाई अदालतले ठिक हो भन्दै रोजगारदाताले नै क्षतिपूर्ति तिर्नु पर्ने फैसला मुद्दा परेको ६ वर्षपछि सुनाएको हो ।