डोरियन आँधीले २५ सय जनालाई उडायो

Newslaya Home

डोरियन आँधीले २५ सय जनालाई उडायो

बिहीबार २६, भदौ २०७६

शक्तिशाली डोरियन समुद्री आँधीले अहिलेसम्म २५ सय जनालाई उडाएको छ । बहमासको आपतकालीन सेवाले २५ सय जनालाई बेपत्ताको सूचिमा राखेको हो ।

गएको हप्ता डोरियन आँधी बहमासमा नोक्सानी गरेर अघि बढेको थियो ।

हालसम्म आँधीका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको जनाइएको छ । तर वास्तवमा निधन हुनेको संख्या त्यो भन्दा अधिक हुन सक्ने सरकारी अधिकारीले नै बताएका छन् ।

बेपत्ताको सूचिमा राखिएका व्यक्तिबारे पुनः अनुगमन हुने जनाइएको छ । क्रस चेक गरेपछि बेपत्ताको सूचिमा कमी आउने अपेक्षा गरिएको छ ।

आँधीका कारण प्रभावित भएका दशौँ हजार मानिसलाई अझै अत्यावश्यक सामग्रीको सहयोगको खाँचो रहेको छ । शक्तिशाली हावासहित ठोक्किएको डोरियन आँधीका कारण एबाको आइल्याण्ड र ग्राण्ड बहमासमा ठूलो क्षति भएको छ ।