मोरङबाट बलात्कारको प्रयास गरेको आरोपमा दुई जना पक्राउ

Newslaya Home

मोरङबाट बलात्कारको प्रयास गरेको आरोपमा दुई जना पक्राउ

बुधबार २५, भदौ २०७६

विराटनगर । मोरङबाट किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरीले ना ६ ख ९३४४ नम्बरको बसका चालक रंगेली नगरपालिका– ३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीय सन्तोष न्यौपाने रहेका छन् ।

उनीहरुलमाथि धनकुटा घर भई मोरङको रंगेलीमा आफन्तकोमा बस्दै आएकी १५ वर्षीय किशोरीमाथि बलात्कारको प्रयास गरेको आरोप रहेको छ ।

मोरङको बेतना सिमसारबाट झापा दमककालागि बस चढेर हिँडेकी किशोरीलाई चालक र सहचालकले ललाई फकाई रंगेली–९ स्थित दोहमनासम्म ल्याएका थिए । आइतबार साँझ बसभित्र किशोरीमाथि बलात्कार प्रयास भएपछि स्थानीयले चालक र सहचालकलाई नियन्त्रणमा लिएका थिए ।

चालक खड्काले बसको पछाडीको सिटमा बलात्कारको प्रयास गरेपछि किशोरी बाहिर भागेकी थिइन् । तर, सहचालक न्यौपानेले पुनः बसभित्र लगेर करणी गर्न खोजेपछि किशोरी चिच्याएकी थिइन् । किशोरीको आवाज सुनेपछि भेला भएका स्थानीयले दुईजनालाई समातेर प्रहरीलाई बुझाएका हुन् ।

चालक र सहचालकलाई मुलुकी अपराध संहिता २०७६ वमोजिम म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।