पहिरोले थुनियो सभाखोला थुनियो, केही बस्ती उच्च जोखिममा

Newslaya Home

पहिरोले थुनियो सभाखोला थुनियो, केही बस्ती उच्च जोखिममा

बुधबार २५, भदौ २०७६

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा पहिरोका कारण सभाखोला थुनिएको छ ।

सभाखोला थुनिएपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा परेका छन् ।

बुधबार दिउँसो ३ बजे तिर झरेको पहिरोले सभापोखरी गाउँपालिका कार्यालय रहेको बजार भन्दा तिन किलोमिटर माथि ४ र ६ वडाको बिचमा रहेको फाक्सीबुकमा ताल बनेको छ । करिब सात सय मिटर माथि खेवउरिङ गाउँबाट झरेको पहिरोले सभाखोला थुनिएर तिन सय मिटरको ताल बनेको जनाइएको छ ।

त्यस क्षेत्रमा पानी परिरहेको कारण ताल कुनै पनि बेला फुट्ने सक्ने बताइएको छ ।