सिरहाबाट लागुऔषध सहित एक जना पक्राउ

Newslaya Home

सिरहाबाट लागुऔषध सहित एक जना पक्राउ

बुधबार २५, भदौ २०७६

सिरहा । सिरहाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ का १८ वर्षीय राकेश यादव रहेका छन् । उनलाई प्रहरीले लागुऔषध नाईट्रोभेट पक्राउ गरेको हो ।

मङ्गलवार साँझ ५ बजेको समयमा इलाका प्रहरी कार्यालय बरीयारपट्टी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा बरीयारपट्टी गाउँपालिका वडा नं. ३ बाट ७५ ट्याब्लेटसहित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।