अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण सम्बन्धि घुम्ती शिविर सम्पन्न

Newslaya Home

अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण सम्बन्धि घुम्ती शिविर सम्पन्न

–भूमिका पाख्रिन
बुधबार २५, भदौ २०७६

लेटाङ । लेटाङ नगरपालिका कार्यालयको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण सम्बन्धि घुम्ती शिविर सम्पन्न भएको छ ।

शिविरमा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरबाट स्वास्थ्य परीक्षण गरी अपाङ्गता भएका व्यक्तिहरुको वर्गिकरण समेत गरिएको थियो । साथै वर्गिकरणमा समस्या भएकाहरुलाई सम्बन्धित विशेषज्ञ डाक्टर झिकाई अपाङ्गता परीक्षण गरिनेछ ।

नगरका प्रत्येक वडामा शिविर सम्पन्न गरी नगर भरीका अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गरिने अपाङ्गता परिचयपत्र वितरण स्थानीय समन्वय समितिका संयोजक एवम् नगर उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले बताइन् ।