जुवातास खेलिरहेको अवस्थामा मोरङबाट १० जना पक्राउ

Newslaya Home

जुवातास खेलिरहेको अवस्थामा मोरङबाट १० जना पक्राउ

बुधबार २५, भदौ २०७६

मोरङ । प्रहरीले उर्लाबारी नगरपालिका–५ स्थित होटल सम्राट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ का २२ वर्षीय मोहन कटुवाल सहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले ५ बुक तास र नगद ३ लाख ३७ हजार १ सय ५५ रुपैयाँ सहित उनीहरुलाई सोमबार राति पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।