डोरीतान खेलका लागी थाइल्याण्ड जाने खेलाडीलाई मन्त्री घिमिरेद्वारा विदाई

Newslaya Home

डोरीतान खेलका लागी थाइल्याण्ड जाने खेलाडीलाई मन्त्री घिमिरेद्वारा विदाई

- भूमिका पाख्रिन
बुधबार २५, भदौ २०७६

मोरङ । थाइल्यान्डमा हुन लागेको १४ औं एसियाली डोरीतान खेल प्रतियोगिताका लागी नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई आज विदाई गरिएको छ ।

मोरङ जिल्ला डोरीतान संघको आयोजनामा भएको उक्त विदाई कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलाडीहरुलाई जीतको शुभकामना सहित विदाई गरेका हुन् । अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक सहभागिता जनाउन लागेको डोरीतान खेलका लागी नेपालबाट ११ जनाले सहभागिता जनाउने मोरङ डोरीतान संघकी अध्यक्ष रीता न्यौपानेले जानकारी दिइन् ।