अब ‘इंशाअल्लाह’मा ऋतिक रोशन र आलिया भट्ट

Newslaya Home

अब ‘इंशाअल्लाह’मा ऋतिक रोशन र आलिया भट्ट

बुधबार २५, भदौ २०७६

काठमाडौं । पछिल्लो केही समयदेखि निर्देशक सञ्जय लीला भंसाली आफ्नो आगामी फिल्म ‘इंशाअल्लाह’का कारण चर्चामा छन् । यस फिल्ममार्फत अभिनेता सलमान खान मुख्य भूमिकामा देखिनेवाला थिए, जहाँ २० वर्षपछि भंसालीसँग उनी पुनः जोडिदै गरेको समाचार बाहिरिएको थियो । तर, केही समयपछि यो फिल्ममा अभिनेता खानले काम नगर्ने बुझिएको छ ।

सलमान खानले उक्त फिल्ममा काम नगर्ने भएपछि ऋतिक रोशनलाई लिने तयारी भइरहेको छ । तर निर्देशक भंसाली र अभिनेता ऋतिकले भने यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

फिल्मको मुख्य अभिनेत्रीको भूमिकामा आलिया भट्टनै रहनेछिन् । अब आलिया भट्टसँग ऋतिक रोशनले पहिलो पटक काम गर्नसक्नेछन् ।

जानकारी अनुसार यो फिल्मको लागि अभिनेत्री आलियाले केही सिनको सुटिङसमेत गरिसकेकी छन् । तर, सुटिङ अचानक रोक्नुपर्दा आलिया निकै दुखित बनेकी थिइन् ।