अमेरिकामा आंकवादी हमला भएको सेप्टेम्बर ११, के भएको थियो ? (भिडियोसहित)

Newslaya Home

अमेरिकामा आंकवादी हमला भएको सेप्टेम्बर ११, के भएको थियो ? (भिडियोसहित)

बुधबार २५, भदौ २०७६

काठमाडौं । अमेरिकाले सेप्टेम्बर ११ लाई कहिल्यै बिर्सने छैन । किनकी सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर अमेरिकामै आक्रमण गराएका थिए । चारमध्ये दुईलाई न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन र पेन्सिल्भानियामा रहेको स्यांक्सभिलेमा ठोक्काएका थिए ।

आक्रमणमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भानियाका झण्डै तीन हजार मानिस मारिएका थिए । घटनाको जिम्मेवारी आतंककारी संगठन अल कायदाले लिएको थियो ।

 

संयुक्त राज्य अमेरिकाविरुद्ध धर्म युद्ध घोषणा गरेका अल कायदका नेता ओसामा विन लादेनलाई पछि अमेरिकाले हत्या गरेको थियो ।

वर्ल्ड ट्रेड सेन्टर रहेको ठाउँमा अहिले ‘नेसनल सेप्टेम्बर ११ मेमोरियलल्यान्ड म्युजियम’ र १ हजार सात सय ७६ फुट अग्लो एक वल्र्ड ट्रेड सेन्टर छ । पेन्टागनमा भने बहिरंग स्मृति केन्द्र छ ।