थोरै तलब दिएको भन्दै मोरंगस्थित शैलजा पोलिटेक्निकका कर्मचारी आन्दोलित

Newslaya Home

थोरै तलब दिएको भन्दै मोरंगस्थित शैलजा पोलिटेक्निकका कर्मचारी आन्दोलित

बुधबार २५, भदौ २०७६

विराटनगर । सरकारले निर्धारण गरेको सेवासुविधा पाउनुपर्ने मागसहित मोरङको जहदा गाउँपालिकास्थित शैलजा आचार्य पोलिटेक्निकका कर्मचारी आन्दोलित बनेका छन् ।

सञ्चालक समितिलाई पटकपटक सरकारी नियम अनुसारको तलब सुविधा उपलब्ध गराउन माग गर्दै आए पनि सुनुवाइ नभएपछि आन्दोलनमा जानुपरेको नर्सिङ संयोजक शशीकला तिवारीले बताइन् । अधिकांशलाई मौखिक र कतिपयलाई प्रत्येक वर्ष १ वर्षको नियुक्ति दिएर काममा लगाउने गरिएको आन्दोलनरत पक्षले बताएको छ ।

पोलिटेक्निकमा कार्यरत केही कर्मचारीले भने दोहोरो सुविधा लिइरहेको उनीहरूको आरोप छ । कर्मचारीलाई नियुक्तिपत्र नै नदिने र सेवासुविधाका विषयमा जानकारी माग्दासमेत सञ्चालक समितिले दिन नमानेको उनीहरुको गुनासो छ ।