रोनाल्डोले चार गोल गर्दै जिताए पोर्चुगललाई

Newslaya Home

रोनाल्डोले चार गोल गर्दै जिताए पोर्चुगललाई

बुधबार २५, भदौ २०७६

काठमाडौं । पोर्चुगलले युरो कप छनोट फुटबलमा लिथुनियालाई ५–१ गोल अन्तरले पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले लिथुनियालाई पराजित गर्ने क्रममा कप्तान क्रिष्टियानो रोनाल्डोले चार गोल गरे । त्यस्तै, विलियन कार्भाल्होले एक गोल गरे । यता, लिथुनियाका लागि भने आन्द्रेयुस केविसियसले गोल फर्काएका थिए ।

दोस्रो हाफमा रोनाल्डोले तीन गोल गरेका थिए ।