आत्महत्या गर्ने श्रीमतीकै सलको पासो लाएर श्रीमानले गरे आत्महत्या, भेटियो सुसाइड नोट

Newslaya Home

आत्महत्या गर्ने श्रीमतीकै सलको पासो लाएर श्रीमानले गरे आत्महत्या, भेटियो सुसाइड नोट

मङ्गलबार २४, भदौ २०७६

ओखलढुङ्गा । ओखलढुङ्गामा आत्महत्या गरेकी श्रीमतीको नाममा पत्र लेखेर एक युवाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा चिसंखुगढी–६ भदौरेका २२ वर्षीय नवीन परियार रहेका छन् । उनले मङ्गलवार आत्महत्या गरेकी २१ वर्षिया श्रीमती गङ्गा परियारको नाममा पत्र लेखेर आत्महत्या गरेका हुन्।

नवीनले भदौ ४ गते झुण्डिएर आत्महत्या गरेकी श्रीमतीकै सल प्रयोग गरेर घर नजिकै रुखमा झुण्डिएर नै आत्महत्या गरेको प्रहरीले जनाएको छ। एसइईको मौका परीक्षा दिन खोटाङको रावाबेसी गाउँपालिका–२स्थित माइती गएको समयमा गंगाले झुण्डिएर आत्महत्या गरेको चिसंखुगढी–६ का वडाध्यक्ष कृष्ण क्याप्छाकी मगरले जानकारी दिइन्।

‘प्यारी श्रीमती, तिमी म भन्दा अगाडी गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु, यो कदम मैले कसैको करकापले लिएको हैन’, नवीनले पत्रका लेखेका छन्।

उनको शव पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको वडाध्यक्ष मगरले जानकारी दिइन्।