विराटनगरमा मोहर्रम पर्वमा तरवार प्रदर्शनका क्रममा पाँच जना घाइते

Newslaya Home

विराटनगरमा मोहर्रम पर्वमा तरवार प्रदर्शनका क्रममा पाँच जना घाइते

मङ्गलबार २४, भदौ २०७६

विराटनगर । विराटनगरमा मुस्लिम समुदायको मोहर्रम पर्वमा धारिलो हतियार तरबार प्रदर्शन गर्ने क्रममा पाँच जना घाइते भएका छन्।

घाइते हुनेमा विराटनगर–९ का १९ वर्षीय रजक खान, मोहम्मद अजाद, विराटनगर–८ का १८ वर्षीय मोहम्मद राज, २१ वर्षीय मोहम्मद मसिम र २२ वर्षीय मोहम्मद अस्लम रहेका छन्।

उनीहरू पर्व मनाउने क्रममा हतियार प्रदर्शन गर्दा र एक अर्कामा तरबार जुधाउँदा सोमबार राती ११ बजे घाइते भएका हुन्।

उनीहरूको टाउको, चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारबाट चोट लागेको जनाइएको छ । घइतेहरुलाई उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको थियो।

घटनाका बारेमा प्रहरीमा कुनै जाहेरी वा उजुरी भने परेको छैन। प्रहरीले कोही कसैलाई पक्राउ गरेको छैन। हतियार प्रदर्शन गरेर पर्व मनाउने क्रममा युवा घाइते हुन थालेपछि कार्यक्रम भने बन्द भएको थियो।