जाबो किरा मार्न नसक्ने पनि सरकार ? : रामचन्द्र पौडेल

Newslaya Home

जाबो किरा मार्न नसक्ने पनि सरकार ? : रामचन्द्र पौडेल

मङ्गलबार २४, भदौ २०७६

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको आलोचना गरेका छन् ।

काँग्रेसको जागरण अभियान अन्तर्गत पोखरामा आयोजना गरिएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जाबो किरा मार्न नसक्ने पनि सरकार भन्दै सरकारको कडा आलोचना गरेका हुन् ।

डेंगुको प्रकोप फैलिरहँदा पनि सरकारले तत्काल टोली पठाएर लामखुट्टे हटाउनुपर्नेमा त्यति काम पनि गर्न नसकेको भन्दै उनले सरकारप्रति आक्रोश पोखेका छन् ।

कार्यक्रममा उनले २०७२ सालका भूकम्प पीडितको घाउलाई सरकारले अझै पनि निको पार्न नसकेको बताएका थिए । यसका साथै उनले सरकार असफल भइसकेको र दुई तिहाई मतको घोर दुरुपयोग गरी रहेको आरोप लगाएका छन् ।