ओखलढुंगामा दलित भएर घरमा छिरेको भन्दै निर्घात कुटपिट

Newslaya Home

ओखलढुंगामा दलित भएर घरमा छिरेको भन्दै निर्घात कुटपिट

मङ्गलबार २४, भदौ २०७६

सोलुखुम्बु । ओखलढुंगामा एकजना दलितमाथि निर्घात कुटपिट गरिएको छ ।


जसमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६, जन्तरखानीका कुमार मगरले दलित भएर घरमा पसेको भन्दै मइते विश्वकर्मालाई कुटपिट गरी घाइते बनाएका हुन् ।

कुटपिटबाट अनुहारमा चोट लागेकोले उनको अहिले मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । घटना हुन साथ तत्काल प्रहरीलाई खबर गरेता पनि प्रहरीले बेवास्ता गरेको पीडित पक्षको भनाइ छ ।

यता ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी पुष्पराज मल्लले घटनाको विषयमा मंगलबार बिहान मात्रै प्रहरीमा जानकारी आएको बताएका छन् । यसका साथै उनलृ दोषीलाई कानुन अनुसार कारबाही हुने पनि जानकारी दिएका छन् ।