नेपाल नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा

Newslaya Home

नेपाल नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा

मङ्गलबार २४, भदौ २०७६

काठमाडौँ । नेपाल किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मङ्गलवार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो।

जसमा नेपालको लागि सावित्रा भण्डारीले गरेको एक मात्र गोल निर्णायक बनेको थियो। सावित्राले खेलको ८५औँ मिनेटमा गीता रानाले प्रहार गरेको फ्रिकिकलाई आकर्षक हेडमार्फत पोस्टको दिशा दिएकी थिइन्।

नेपालले यो प्रतियोगितालाई १३ औँ दक्षिण एसियाली खेलकुदको तयारीका रूपमा समेत लिएको छ।