कार्यालय हिँडेकी युवतीमाथि सामूहिक बलात्कार

Newslaya Home

कार्यालय हिँडेकी युवतीमाथि सामूहिक बलात्कार

मङ्गलबार २४, भदौ २०७६

नवलपरासी । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा कार्यालय हिँडेकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

आइतबार बिहान ९ बजे एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा १० जनाको समूहले बलात्कार गरेको जनाइएको छ ।

मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेका वेला सो समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको र किशोरीलाई नजिकै उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । सबैले पालैपालो बलात्कार गरेपछि भागेका थिए । घटनास्थल भारतको सीमानजिकै पर्छ ।

घटनाको एक घण्टापछि पीडितहरू इलाका प्रहरी कार्यालय बेलटारी पुगेका थिए । उजुरी लगत्तै पीडित किशोरीलाई अस्पताल लगेर प्रहरी अभियुक्तहरूको खोजीमा लागेको थियो । घटनामा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको, एक जना भने अझै फरार रहेको इप्रका बेलटारीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रीमलले बताएका छन् ।