डेढ वर्षमा ४ पटक ओलीसँग भएको भेटले नेपाल–भारत सम्बन्ध थप प्रगाढ बनेको छः मोदी

Newslaya Home

डेढ वर्षमा ४ पटक ओलीसँग भएको भेटले नेपाल–भारत सम्बन्ध थप प्रगाढ बनेको छः मोदी

मङ्गलबार २४, भदौ २०७६

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले नेपाल–भारत सम्बन्ध थप प्रगाढ बन्दै गइरहेको बताएका छन् ।

मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको उद्घाटनका क्रममा भारतीय राजधानी दिल्लीको हैदरावाद हाउसबाट भिडियो कन्फरेन्समार्फत मोदीले ओलीसँग डेढ वर्षमा ४ पटक भेट भएको र यसले आपसी विश्वास झन बढाएको बताएका हुन् ।

नेपालका प्रधानमन्त्री ओलीसँग भइरहेको निरन्तरको सम्पर्कले आफूहरूबीच विश्वासको वातावरण बनेको र साझेदारी मजबुद भएको मोदीले दाबी गरे । मोदीले संयुक्त परियोजनाहरू समयभन्दा पहिला पूरा गर्ने आफ्नो प्राथमिकता रहेको पनि बताएका छन् ।