रोनाल्डो आएपछि यूभेन्ट्सको कमाई तीन गुणा बढ्यो

Newslaya Home

रोनाल्डो आएपछि यूभेन्ट्सको कमाई तीन गुणा बढ्यो

मङ्गलबार २४, भदौ २०७६

क्रिस्टियानो रोनाल्डो आएपछि इटालियन सिरी ए क्लब प्रायोजकबाट हुने यूभेन्ट्सको कमाई तीन गुणाले बढेको छ।

गतवर्ष रोनाल्डो रियल म्याड्रिडबाट यूभेन्ट्स आएका थिए।

रोनाल्डोको आगमनसँगै यूभेन्ट्सको टिसर्टको मुख्य प्रयोजक जीपले वार्षिक प्रायोजन तीन गुणाले बढाउने भएको छ। १४ मिलियन पाउण्ड रकम दिदैँ आएको जीपले त्यसलाई बढाउँदै ४५ मिलियन डलर पुर्याउने भएको हो।

यस्तै अर्को प्रायोजक एडिडासले पनि २०२१ सम्म आफ्नो प्रायोजक रकम बढाउँदै ४८ मिलियन पाउण्ड पुर्याएको छ।

रियलबाट ९९ मिलियन पाउण्डमा आएका रोनाल्डोले यूभेन्ट्सको ब्रान्ड भ्यालु पनि निकै बढाइदिएका छन्। त्यही कारण यूभेन्ट्सले रोनाल्डोलाई वर्षको २८ मिलियन पाउण्ड समेत तिर्ने गर्छ।

इटालियन पत्रिका टुटोस्पोर्टसका अनुसार पाँच पटकका बालोन डिओर विजेता रोनाल्डोलाई भित्र्याउँदा यूभेन्ट्सले च्याम्पियन्स लिगको उपाधि जित्ने सपना देखेको थियो। गतसिजनमा लिगका ४३ खेल खेल्दै रोनाल्डोले २९ गोलमात्रै गरेपछि असन्तुष्ट यूभेन्ट्स उनको आगमनसँगै सामाजिक सञ्जाल र प्रायोजकमा भएको तीन गुणा वृद्धिले भने सन्तुष्ट छ।