पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै घट्यो तेलको मूल्य

Newslaya Home

पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै घट्यो तेलको मूल्य

मङ्गलबार २४, भदौ २०७६

काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी तेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ।

अब पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ र मट्टितेलको मूल्य प्रतिलिटर ९५ कायम गरिएको छ।

नेपाल आयल कर्पोरेसनका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो ।

‘आम उपभोक्तालाई राहत दिन निगमको स्वचालित मूल्य प्रणाली बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य, पाइपलाइनबाट ढुवानी गर्दा हुने बचत र मुद्रा विनिमय दरको उतारचढावलाई मनन गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्यमा दुई रुपैयाँ घटाई नयाँ खुद्रा मूल्य कायम गरिएको’ निगमको विज्ञप्तिमा उल्लेख छ।

स्वचालित मूल्य प्रणाली लागू भएपछि २५ पटक मूल्य घटेको छ भने १८ पटक बढ्ने गरी समायोजन गरिएको छ।