वृद्धको भेष धारण गरि अमेरिका जान लागेका एक युवक पक्राउ

Newslaya Home

वृद्धको भेष धारण गरि अमेरिका जान लागेका एक युवक पक्राउ

मङ्गलबार २४, भदौ २०७६

काठमाडौँ । वृद्धको भेष बनाएर अमेरिका जान लागेका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३२ वर्षीय भारतको अहमदावाद निवासी जयस पटेल रहेका छन् ।

८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका उनलाई भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्लीस्थित विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

समाचार एजेन्सीहरुका अनुसार उनी अर्काको नामको राहदानी प्रयोग गरेर अमेरिका जान लागेका थिए । सेतो कपाल र सेतै दारी–जुँगा भएको हुलिया बनाएर ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन पार गरिसकेको अवस्थामा उनी पक्राउ परेको बताइएको छ ।

वृद्धजस्तै हुलिया बनाएका भए पनि छाला चाउरी नपरेको देखेपछि सुरक्षाकर्मीले उनीमाथि शङ्का गरेका थिए । शङ्का लागेर चेकजाँच गर्दा उनले अमरीक सिंह नाम गरेका ८१ वर्षीय वृद्धको राहदानी प्रयोग गरेर अमेरिका जान लागेको तथ्य प्रकाशमा आएको हो ।