‘बेस्ट खेलाडी’को अवार्ड मेस्सीको नाममा

Newslaya Home

‘बेस्ट खेलाडी’को अवार्ड मेस्सीको नाममा

मङ्गलबार २४, भदौ २०७६

काठमाडौँ । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।

मेस्सीले यस अवार्डको मनोनयनमा परेका युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो, लिभरपुलका भर्जिल भान डाइक र पीएसजीका केलियन एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

अमेरिकी स्पोर्ट्स अनलाइनल संस्था इएसपीएनले समर्थकको मतका आधारमा प्रदान गर्ने यस अवार्ड मेस्सीले जितेका हुन् ।

उक्त अवार्ड गतवर्ष यस रोनाल्डोले जितेका थिए । मेस्सीले हालै मात्र युईएफए वर्ष खेलाडी फरवार्ड जितेका थिए । मेस्सी, भान डाइक र रोनाल्डो फिफा बर्ष खेलाडी अवार्डको पनि दौडमा छन् ।