अमेरिकी फौजी किरा : मकै सकेर अब तरकारीमा

Newslaya Home

अमेरिकी फौजी किरा : मकै सकेर अब तरकारीमा

मङ्गलबार २४, भदौ २०७६

ओखलढुंगा । पूर्वी नेपालका विभिन्न जिल्लामा फैलिएर मकै सखाप पारेको अमेरिकी फौजी किरा तीव्र गतीमा बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रले विषादी वितरण गरेपछि नियन्त्रणमा आएको दाबी गरिए पनि औषधिले काम नगरेको किसानको गुनासो छ । मकै सकेपछि तरकारी सखाप गर्न थालेको ओखलढुंगाका किसानहरुले गुनासो गरेका छन् ।

घोगा लाग्ने समय भएका मकैको गुबोमा पसेर खाएपछि मकैको बोट नै मर्ने गरेको छ । मकै र बोडी सकेर अब कोदोमा पनि लाग्ने हो कि भन्ने चिन्तामा किसानहरु छन् ।

यो किरा निकै तीव्र गतीमा बढ्ने गर्छ । हरेक फौजी किराले दैनिक दुई सय बढी फुल पार्ने र त्यसको लार्भाले दुई दिनमा मकै खान थाल्ने गरेको छ ।