‘मीटू’ को प्रभाव : राम्री महिला कर्मचारी राख्न र सँगै काम गर्न डराउँछन् पुरुष

Newslaya Home

‘मीटू’ को प्रभाव : राम्री महिला कर्मचारी राख्न र सँगै काम गर्न डराउँछन् पुरुष

मङ्गलबार २४, भदौ २०७६

एजेन्सी । महिला हिंसा र दुव्र्यवहारसँग सम्बन्धित ‘मीटू’ अभियानले धेरै महिलाहरुलाई दुव्र्यवहारविरुद्ध बोल्ने साहस प्रदान गर्यो । तर त्यो अभियानका कारण महिलाहरुले रोजगारी पाउन नसक्ने अवस्थासमेत सृजना भएको छ ।

विश्वभर कार्यस्थलका पुरुषहरु महिला कर्मचारीसँग आमनेसामने एक्लै कुरा गर्नमा हिचकिचाइरहेका छन् । जसले गर्दा कामदारहरुबीच अन्तरक्रियाको वातावरण नै भङ्ग भएको छ ।

यस्तै विशेषगरी पुरुषहरुसँग बोल्नुपर्ने किसिमका काममा रोजगारदाताले महिलालाई राख्न नचाहेको अनुसन्धानले देखाएको छ ।

अध्ययनमा २१ प्रतिशत पुरुष र १२ प्रतिशत महिला कामदाताहरुले व्यक्तिगत रुपमा पुरुषसँग पारस्परिक सहकारिता जनाउनुपर्ने किसिमको कामका लागि महिलालाई नियुक्त गर्न अनिच्छुक रहेको बताएका हुन् ।

यति मात्र नभएर पाँचमध्ये एक पुरुष आकर्षक महिलासँग काम गर्नै नचाहेको पनि पाइएको छ ।

तर वास्तवमा कार्यस्थलमा सहज वातावरण सिर्जना गर्न महिलाहरुकै उपस्थिति बढी आवश्यक पर्ने पनि अनुसन्धानका क्रममा पत्ता लागेको छ । यसमा जति धेरै महिला कर्मचारी, कामको वातावरण पनि उति नै सकारात्मक हुने गरेको देखिएको हो ।