रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न निवेदन दर्ता

Newslaya Home

रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न निवेदन दर्ता

सोमबार २३, भदौ २०७६

हेटौंडा । शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित पत्रकार रवि लामिछाने, युवराज कँडेल तथा आरोपित अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने निवेदन दर्ता भएको छ।

सोमबार उच्च अदालत पाटन, हेटौँडा इजलाशमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाले निवेदन दिएको उच्च अदालत हेटौंडा इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिएका छन्। निवेदन उपर मंगलबार सुनुवाई हुने भएको छ।

यस अघि धरौटीमा छुटेका लामिछाने र कँडेलले आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेश विरुद्ध निवदेन दर्ता गराएका थिए।