बेलायतमा तलब विवादका कारण पाइलट हडतालमा, दुई लाख ८० हजार मानिस प्रभावित

Newslaya Home

बेलायतमा तलब विवादका कारण पाइलट हडतालमा, दुई लाख ८० हजार मानिस प्रभावित

सोमबार २३, भदौ २०७६

काठमाडौँ । पाइलटहरुको हडतालका कारण बेलायतको ब्रिटिस एयरवेजले लगभग सबै उडान रद्द गरेको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार तलब विवादका कारण पाइलटहरु हडतालमा छन् । उक्त हडताललाई ब्रिटिस एयरलाइन्सको १ सय वर्षको इतिहासमा यसलाई सबैभन्दा ठुलो हडताल मानिएको छ ।

कम्पनीका प्रवक्ताले एयरलाइन्सले हरेक दिन उडान भर्ने आफ्ना ८५० वटा उडान रद्द गरेको हो । जसबाट २ लाख ८० हजार मानिस प्रभावित बनेका बताइएको छ ।