डिके फोटोग्राफीको प्रथम उपाधी अपेक्षाराज भण्डारीलाई

Newslaya Home

डिके फोटोग्राफीको प्रथम उपाधी अपेक्षाराज भण्डारीलाई

सोमबार २३, भदौ २०७६

इटहरी । डिके फोटोग्राफीको तिज उपाधी अपेक्षाराज भण्डारीले जितेकी छिन् ।

डिके फोटो एण्ड भिडियोग्राफी र पर्ल ब्यूटी एण्ड नेल स्टुडियोको संयुक्त आयोजनामा महिलाको महान चाड तिजलाई लक्षित गरी फेसबुक पेज मार्फत आयोजना गरिएको प्रतियोगिताको प्रमथ राजभण्डारी बन्न सफल भएकी हुन ।

प्रतियोगितामा सहभागी एक हजार तीन सय ७३ जना महिलाहरु मध्ये क्रमशः राजभण्डारी प्रथम , संगिता चौधरी द्धितिय र संजिला ढकाल तृतिय भएका थिए । फेसबुक पेजमा राखिएको फोटोमा लाइक र सेयरलाई आधार मानि विजयी सहभागीहरु छनौट गरिएको आयोजक डिके फोटो एण्ड भिडियोग्राफिका सञ्चालक कविन खड्काले जानकारी दिए ।

प्रतियोगिता अन्र्तगत प्रमथ,द्धितिय र तृतिय हुने प्रतियोगीहरुलाई ताज सहित ट्रफि विभिन्न पुरस्कार प्रदान गरियो त्यसै गरी प्रतियोगिता अन्र्तगत १०औं स्थान सम्म हासिल गर्न सफल प्रतियोगीहरुलाई समेत कार्यक्रमका प्रमुख अतिथी कलाकार दिनेश कोइराला लगायतले प्रमाण पत्र प्रदान गरे । पुरस्कार बितरण कार्यक्रम होटल त्रियूगामा भदौ २१ गते शनिबार सम्पन्न भएको थियो ।

1 प्रतिकृयाहरू प्राप्त
  • Kabin Khadkaलेख्नुहुन्छ
  • |
  • सोमबार २३, भदौ २०७६
Thank u sir for uploading this news yours newspaper . DK photography