दार्जिलिङको चर्चित ब्यान्ड ‘मन्त्र’ व्याण्ड सडक दुर्घटनामा

Newslaya Home

दार्जिलिङको चर्चित ब्यान्ड ‘मन्त्र’ व्याण्ड सडक दुर्घटनामा

सोमबार २३, भदौ २०७६

काठमाडौँ । दार्जिलिङको चर्चित ब्यान्ड ‘मन्त्र’ व्याण्ड सडक दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेर व्याण्डका मुख्य गायक भास्कर देवान र गिटारिस्ट प्रग्या लामालाई टाउकोमा चोट लागेको छ ।

गएराती (आइतबार) पोखराको सराङकोटबाट फर्केर आउँदा कार पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका दुवैजनाको स्वास्थ्य अहिले सामान्य रहेको जनाइएको छ ।