देशभक्त गणतान्त्रिक मोर्चा नेपालको प्रदेश सम्मेलन सम्पन्न

Newslaya Home

देशभक्त गणतान्त्रिक मोर्चा नेपालको प्रदेश सम्मेलन सम्पन्न

सोमबार २३, भदौ २०७६

इटहरी । देशभक्त जन—गणतान्त्रिक मोर्चा नेपालको प्रथम प्रदेश नं १ को सम्मेलन सम्पन्न भएको छ । इटहरीको जेसीस भवनमा आयोजना गरीएको कार्यक्रम प्रदेश नं १ संयोजक गणेश कट्वालको अध्यक्षतामा मोर्चाका केन्दि«य अध्यक्ष सि।पि गजुरेलको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको छ ।

राणा र राजा–महाराजाहरुको पालामा उनिहरुले गरेका शासन भन्दा पनि खत्तम् सरकार संचालन ब्यवस्था छ जुन शासन ब्यवस्था हटाएर जनता ले दुई तिहाइ भन्दा बढि बहुमत दिएर स्थिर सरकार र प्रगति चाहेका जनताले अस्थिर व्यवहार विधि र पद्यती विहिन शासन देखेर जनता अहिलेको नेकपाको सरकारले भन्दा हिजोको राजा–महाराजाहरुको पालामा यस्तो व्यथिती र अस्तव्यस्थता थिएन भनेर जनताले भनिरहदा कतै फेरी राजा आउने त हैन भनी चर्चा समेत हुन थालेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले वताएका छन । समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर सरकारमा पुगेपनि जनतालाई डबल नेकपा सरकारले केही दिन र गर्न नसकेको भन्दैे महगीं, तस्करी, भ्रष्टचारी, बलत्कारी र दलालीहरु सल्मलाइरहेको र उनिहरुकौ पक्षमा मात्र सरकारले ध्यान दिइएको उनले बताए ।

उक्त कार्यक्रममा प्रदेश संयोजक कट्वालले पेश गरेको प्रतिवेदनमा समग्र प्रदेश १ को परिचय, जातीय र साँस्कृतिक विविधता, धार्मिक तथा पर्यटकीय स्थल, ऊर्जा आयोजनाहरू, संक्षिप्त अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति आदिका बारेमा उल्लेख गरीएको थियो । कार्यक्रममा हरीभक्त कडेल, रत्न गुरागाँई, विर चौधरी, मनोज श्रेष्ठ लगायतले देशको राजनितिक परिबेशको बारे संक्षिप्त चर्चा गर्दै कार्यक्रम सफलताको शुभकामना दिए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम सम्मेलनले शान्तिराम गिरीको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ । जसमा उपाध्यक्षमा अम्बिका रेग्मी, योगेन्द« राजवंशी, सचिवमा टिका राई, सह–सचिवमा तारक लिम्बु, सुधिर मण्डल कोषाधयक्षमा लिलबहादुर विश्वकर्मा सदस्यहरुमा पदम तामाङ्ग, डिल्ली प्रसाद गौतम कमला खतिवडा र गौरव राई, उमेश तिम्सिना, सेवन्तराज भण्डारी, गोपाल वि।क, रिता मगर, सुमित्रा चौधरी, समप्रशाद आचार्य, चेतराज राजबंशी, वासू दुलाल, टंक भट्राई, उमेश राई, पूर्ण घिमिरे, आङडण्डी शेर्पा, टंकमणी राई, लगायत ३५ सदस्य रहेका छन् ।