यौन दुर्व्यवहारको आरोपमा पूर्वसांसद पक्राउ

Newslaya Home

यौन दुर्व्यवहारको आरोपमा पूर्वसांसद पक्राउ

सोमबार २३, भदौ २०७६

काठमाडौँ । पूर्वसांसद योगेन्द्र घिसिङ सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।


उनीमाथि सोमबार रत्नपार्क–भैंसेपाटी रुटको बसमा उनले एक युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप रहेको छ ।

यौन दुर्व्यवहारपछि ती युवतीले प्रतिकार गरेकी थिइन। प्रहरीमा उनले खबर गरेपछि घिसिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो।

घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद हुन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।