सिरहाबाट लागूऔषध सहित दुई जना पक्राउ

Newslaya Home

सिरहाबाट लागूऔषध सहित दुई जना पक्राउ

सोमबार २३, भदौ २०७६

सिराहा । सिरहाबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लहान नगरपालिका ३ बस्ने नितिन चौधरी, लहान नगरपालिका १ बस्ने सन्तोष सहनी रहेका छन् । उनीहरूलाई प्रहरीले लहान नगरपालिका २ कटहरी चौकबाट नियन्त्रित लागूऔषध फेनारगन २० एम्पुल र डाईजेपाम २० एम्पुल सहित आइतबार राति पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले स।१० प ५७९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।