झापा विस्फोटको जिम्मा विप्लवले लियो

Newslaya Home

झापा विस्फोटको जिम्मा विप्लवले लियो

सोमबार २३, भदौ २०७६

झापा । झापाको गौरादह र बिर्तामोडमा गराइएको बम विस्फोट घटनाको जिम्मेवारी ‘नेत्रविक्रम चन्द’ नेतृत्वको नेकपा (विप्लव) ले लिएको छ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका झापा जिल्ला सेक्रेटरी मनिषले पत्रकारलाई फोन गर्दै बम विस्फोट गराएको घटनाको जिम्मेवारी लिएका हुन्।

उनका अनुसार जनताको पैसामा मस्ती गर्ने जनप्रतिनिधि, कर्मचारी र सहकारीका व्यक्तिलाई जनताकै माग अनुसार कारबाही स्वरूप गौरादह नगरपालिकाको गाडी र बिर्तामोडको सहारा नेपाल सहकारी संस्थाको भवनलाई लक्षित गरी बम विस्फोट गराइएको हो ।