सर्पको टोकाइबाट सप्तरीमा एकजनाको मृत्यु

Newslaya Home

सर्पको टोकाइबाट सप्तरीमा एकजनाको मृत्यु

सोमबार २३, भदौ २०७६

सप्तरी । सप्तरीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको महदेवा गाउँपालिकाकी ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् ।

उनलाई घाँस काट्ने क्रममा सर्पले डसेको जनाइएको छ । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो ।