श्रीमतीको अनुमती बिना अनलाइनमा फोटो हाल्ने श्रीमान विरुद्ध मुद्दा दर्ता

Newslaya Home

श्रीमतीको अनुमती बिना अनलाइनमा फोटो हाल्ने श्रीमान विरुद्ध मुद्दा दर्ता

सोमबार २३, भदौ २०७६

काठमाडौँ । श्रीमतीको अनुमती बिना अनलाइनमा फोटो हाल्ने श्रीमान विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

सम्बन्धविच्छेदको मुद्दा अघि बढिरहेका बेला श्रीमतीको अनुमती बिना श्रीमानले इन्टरनेटमा फोटो हालेपछि उनीविरुद्ध शनिबार मुद्दा दर्ता भएको हो ।


जसमा भारतको फारुखनगरमा बस्ने ३० वर्षीया महिलाले १२ वर्ष अघि आरोपीसँग विवाह गरेकी थिइन् । पुलिसलाई दिएको उजुरीमा महिलाले उक्त तस्बिर बेइज्जत गर्नका लागि इन्टरनेटमा राखिएको दाबी गरिन् ।

पुलिसका अनुसार ती महिलाले सुरुमा साइबर क्राइम पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् ।

महिला पुलिस स्टेशनकी स्टेशन आवर अफिसर कविताले भनिन्, ‘आरोपीलाई पक्राउ गर्न बाँकी नै छ । उक्त उजुरी साइबर क्राइम पुलिस स्टेशनबाट पाइएको हो । पीडितको नीजि फोटो कसले अपलोड गर्यो र यसको उद्देश्य के थियो भनेर अनुसन्धान भइरहेको छ ।’