महोत्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

Newslaya Home

महोत्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

सोमबार २३, भदौ २०७६

महोत्तरी । महोत्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका ३ मलिवाराका १२ वर्षीयको रोहित साह र वलवा नगरपालिका ७ का ४ वर्षीय रुपेश महरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको नुहाउने क्रममा अचानक पोखरीमा डुबेर मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।